Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

  • 47
    SHARES
  • चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो ।

    images

    पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो ।

    पार्टीका केन्द्रीय सदस्य रावलले भने, ‘उहाँ पार्टीसँग केही समयअघि देखि नै भेटघाट गर्न इच्छुक हुनुहुन्थ्यो । आजको भेटको खास एजेण्डा केही थिएन,  शिष्टाचार भेटवार्ता भएको हो ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology