Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र एफसी खुमलटार तथा हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै

‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र एफसी खुमलटार तथा हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै

  • 42
    SHARES
  • ‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र एफसी खुमलटार तथा हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

    images

    दोस्रो लेगको आठौं चरण अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

    पुलिस आज आठौं जितको खोजिमा रहेको पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा छ । खुमलटार सातौं जितको खोजीमा छ । खुमलटार २० खेलमा २१ अंक जोडेर पुछारमा छ ।

    यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

    सातौं जितको योजनामा रहेको हिमालयन २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा छ  भने २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको थ्री स्टार सातौं जितको योजनामा छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology