Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मनाङेलाई लक्षित गर्दै गुरुङले भने- धतुरोको बोट रोपेर अमृत फल्दैन भनेको यही हो 

मनाङेलाई लक्षित गर्दै गुरुङले भने- धतुरोको बोट रोपेर अमृत फल्दैन भनेको यही हो 

  • 3.2K
    SHARES
  • मनाङेलाई लक्षित गर्दै गुरुङले भने- धतुरोको बोट रोपेर अमृत फल्दैन भनेको यही हो 

    काठमाडौं । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे’ ले धोका दिएको गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी गुरुङले त्यस्तो बताएका हुन् । 

    images

    मनाङेलाई आफूले चुनाव जिताएको र प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको दाबी गर्दै गुरुङले भने, ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरू वाल्मिकी नहुँदा रहेछन् ।’

    मनाङेलाई गुरुङले १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाएका थिए । तर, पछिल्लो पटक उनले कित्ता परिवर्तन गरी विपक्षीतिर लागेपछि शनिबार कांग्रेस नेतृत्वमा सरकार बनेको छ ।

    मनाङेले ठूलो धोका दिएको गुरुङको ठम्याइ छ । मनाङेतर्फ लक्षित गर्दै गुरुङले भने,‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology