Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

महिला भलिबलमा भारत फाइनलमा

महिला भलिबलमा भारत फाइनलमा

  • 213
    SHARES
  • महिला भलिबलमा भारत फाइनलमा

    काठमाडौं— राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको हो ।

    भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२०, तेस्रो तथा अन्तिम सेट २५–१५ मा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्‍यो । अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ ।

    फाइनल खेल यही जेठ १४ गते हुनेछ । नेपाल र काजकिस्तानबीचको दोस्रो सेमिफाइलन खेल आज साँझ हुँदैछ ।

    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रले सहभागिता जनाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology