Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चीनमा ग्यास बिस्फोटमा परेर १२ जनाको मृत्यु, दर्जनाैं घाइते

चीनमा ग्यास बिस्फोटमा परेर १२ जनाको मृत्यु, दर्जनाैं घाइते

  • 600
    SHARES
  • चीनमा ग्यास बिस्फोटमा परेर १२ जनाको मृत्यु, दर्जनाैं घाइते

    वुहान । चीनको हुबेई प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । 

    खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । 

    शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । 

    खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने यकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij