Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

चेपाङ समुदायका बालबालिकालाई विद्यालयमै दिवा खाना

चेपाङ समुदायका बालबालिकालाई विद्यालयमै दिवा खाना

  • 262
    SHARES
  • चेपाङ समुदायका बालबालिकालाई विद्यालयमै दिवा खाना

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका-१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ ।

    images

    चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो ।

    चेपाङ समुदायका बालबालिकालाई शिक्षामा अग्रसर गराउन विद्यालयमै खाजा तथा खाना कार्यक्रम प्रभावकारी हुने देखिएपछि आफूहरूले विद्यालयमा नै भान्छा घर निर्माण गरी पौष्टिक आहार सहितको दिवा खाना कार्यक्रम सुरु गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

    कार्यक्रम सञ्चालनपछि नियमित नभएका विद्यार्थी पनि अहिले नियमित रूपमा विद्यालय आएका जनाइएको छ । दिवा खाजाका रूपमा बालबालिकालाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको अध्यक्ष गिरीको भनाइ छ ।

    पेटभरि खान नपाएर बालबालिका विद्यालय आउन छाडेपछि इम्प्याक्टले दैनिकरूपमा विद्यालयमै खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यसका लागि इम्प्याक्टले विद्यालय भवनको एउटा कोठामा भान्सा कोठासमेत निर्माण गरिदिएको छ ।

    विगत छ महिनादेखि नै उक्त विद्यालयमा दुई सय ८० विद्यार्थीलाई विद्यालयमै खाना खुवाउँदै आएको इम्प्याक्टले शुक्रबार औपचारिकरूपमा भान्सा कोठा र खाना खुवाउने कार्यक्रमको उद्घाटन गरेको हो ।

    विद्यालयमा विद्यार्थी नियमित नभएपछि बालबालिका लिन शिक्षक घरघरै जानुपर्ने बाध्यकारी अवस्था रहेको थियो । भोको पेटमा विद्यालय आउनैपर्ने बाध्यताका कारण बाटैमा विद्यार्थी निदाउने गरेका थिए ।

    पेटभरि खान नपाएर विद्यार्थी विद्यालय नआएको थाहा पाएपछि विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको इम्प्याक्टका अध्यक्ष गिरीले बताए । विद्यालयमै खानाको व्यवस्था गरेपछि विद्यार्थीको संख्या बढेको गिरीले जानकारी दिए ।

    विगतमा पनि सरकारले उपलब्ध गराएको १५ प्रतिविद्यार्थी रकमले खाजा अपुग भएको अवस्थामा वर्षभरि पुग्ने गरि इम्प्याक्टले खाजा सुरु गरेपछि विद्यार्थी खुसी देखिएका छन ।

    गत वर्षसम्म विद्यालयका सबै शिक्षक पालैपालो बालबालिकाको घरैमा गएर सम्झाउँदा पनि नियमित विद्यालय नआउने बालबालिका अहिले नियमित विद्यालय आउने गरको विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले बताए ।

    प्रधानाध्यापक गुरुङले भने, ‘अपवादबाहेक सबै दिन बालबालिका कक्षामा नै भेटिन्छन्, अहिले पौष्टिक तत्वसहित पेटभरि पुग्ने खाना पाउँदा विद्यार्थी नियमित आउँछन् ।’

    दुई वर्षअघि गाँउपालिकाको वडा नं १ मा पर्ने हात्तीवाङ र चौकीडाँडा बाहेकका चार सय ८० घरमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट सुरु हुन्छ’ नामक परियोजनाकै क्रममा आएको सुझावअनुसार यहाँ विद्यालय खाजालाई थप व्यवस्थित बनाइएको इम्प्याक्टका अध्यक्ष गिरीको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology