वेबटिभी खबर
काठमाडौं । नेकपा एसका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रको अध्यक्ष बन्न सुझाव दिएका छन् ।
विभिन्न शत्तिपिठहरुको पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिँदे उनले यस्तो सुझाव दिएका हुन् ।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर नहुने दाबी गरे ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर भाषण गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij