Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शाओमीको फ्ल्यागशिप ‘मी ११’ सिरिज आइतबारदेखि नेपाली बजारमा, यस्ता छन् विशेषता

शाओमीको फ्ल्यागशिप ‘मी ११’ सिरिज आइतबारदेखि नेपाली बजारमा, यस्ता छन् विशेषता

  • 737
    SHARES
  • शाओमीको फ्ल्यागशिप ‘मी ११’ सिरिज आइतबारदेखि नेपाली बजारमा, यस्ता छन् विशेषता

    काठमाडौं । शाओमीले आफ्नो लेटेस्ट फ्ल्यागशिप ‘मी ११’ सिरिज आइतबार नेपालमा सार्वजनिक गरेको छ । शाओमी नेपालले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर-मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर सार्वजनिक गरेको हो ।

    images

    मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ । जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिंग र भव्य नयाँ डिजाइनहरू प्रस्तुत गरेको छ ।

    अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्छ जुन हाई प्राइस बिना हाई-एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूको लागि उत्तम बनेको छ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मीमा उत्कृष्ट पर्फमेन्श र स्टनिङ डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसनलाई सबैभन्दा राम्रो ल्याउने बताए ।

    उनले फ्ल्यागशिपको मी ११ सिरिज-मी ११ एक्स प्रो र मी ११ लाइटको साथ नेपालमा इन्डष्ट्रि-फर्स्ट क्लास-लिडिंग उत्पादनहरु र प्रविधिहरू भित्र्याउने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology