Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

मेलौली होटलमा बेहोस भेटिएका चन्दको मृत्यु

मेलौली होटलमा बेहोस भेटिएका चन्दको मृत्यु

  • 203
    SHARES
  • मेलौली होटलमा बेहोस भेटिएका चन्दको मृत्यु

    बैतडी । बैतडीको मेलौली नगरपालिका-७ मा रहेको रिसब होटलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्द रहेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    भारतबाट फर्किएर घर जाने क्रममा रहेका चन्द जेठ ११ गतेदेखि उक्त होटलमा बसिरहेका थिए । आज बिहान खान खानका लागि होटलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए ।

    बेहोस फेला परेका चन्दको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चन्दको के-कति कारणले मृत्यु भएको हो भन्नेबारे खुल्न सकेको छैन ।

    घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij