Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

केन्द्रको अहंकारका कारण गण्डकीबाट पृथ्वीसुब्बा हटेको भट्टराईको टिप्पणी

केन्द्रको अहंकारका कारण गण्डकीबाट पृथ्वीसुब्बा हटेको भट्टराईको टिप्पणी

  • 1.1K
    SHARES
  • केन्द्रको अहंकारका कारण गण्डकीबाट पृथ्वीसुब्बा हटेको भट्टराईको टिप्पणी

    काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य योगेश भट्टराईले केन्द्रको अहंकारपूर्ण राजनीतिले प्रदेशका शालीन नेताहरूले सत्ता गुमाइरहेको टिप्पणी गरेका छन् । 

    शनिबार गण्डकी प्रदेशमा मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएको प्रसंगमा निकाल्दै पूर्वमन्त्रीसमेत रहेका भट्टराईले यस्तो धारणा राखेका हुन् ।  

    ‘नेताहरूको अहंकार र शक्तिको टकरबमा कति पृथ्वी सुब्बाहरू पिल्सीनु पर्ने हो ? ईन्द्रलाल सापकोटा र विष्णु पन्थीजस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परीक्षामा सामेल भइरहनु पर्ने हो ?,’ सबै प्रदेशको काम कारबाहीको पुनः संरचना गर्नुपर्ने बताउँदै उनले ट्वीटरमार्फत भनेका छन्, ‘सबै प्रदेशमा दलका काम कारबाहीकाे पुनः संरचना गर्न ढिला नगरौ !’  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij