Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

शैक्षिक सूचकाङ्क सुधारोन्मुख

शैक्षिक सूचकाङ्क सुधारोन्मुख

  • 94
    SHARES
  • शैक्षिक सूचकाङ्क सुधारोन्मुख
    काठमाडौं । आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकांकहरु सुधारोन्मुख भएको देखाएको छ ।
     
    अर्थमन्त्री डा‍प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गरेको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि आएको र विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको जनाइएको छ ।
     
    चालु आर्थिक वर्षमा प्राथमिक तहको खुद भर्ना दर ९७ दशमलव १, आधारभूत तहमा ९६ दशमलव १ र माध्यमिक तहमा ५७ दशमलव ४ प्रतिशत पुगेको छ ।
     
    उक्त प्रतिशत गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि हो । कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर शैक्षिकसत्र २०७८ मा  ८५ दशमलव ६, कक्षा १० सम्ममा ६७ दशमलव ३ र कक्षा १२ सम्ममा ३५ दशमलव ४ प्रतिशत पुगेको छ ।
     
    यस्तै १५ वर्ष उमेर माथिका नागरिकको साक्षरता दर ५८ रहेको छ । चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८ दशमलव २२ प्रतिशत रहने र उत्पादन ४ दशमलव ०७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।
     
    गत आर्थिक वर्षको तुलनामा यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान शून्य दशमलव ११ प्रतिशतले सामान्य वृद्धि हुने अनुमान रहेको छ ।
     
    सर्वेक्षणले विश्वका एक सय ९१ मुलुकमध्ये मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४३औँ स्थानमा परेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology