Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको छ : मुख्यमन्त्री कार्की

सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको छ : मुख्यमन्त्री कार्की

  • 147
    SHARES
  • सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको छ : मुख्यमन्त्री कार्की
    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन ।
     
    आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।
     
    मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्नेमा जोड दिए । उनले मुलुकमा स्थापित गणतन्त्रले सबै वर्ग, जाति र समुदायलाई मूल प्रवाहमा ल्याएकाले प्रदेशको नामकरण पछि केही शक्ति र व्यक्तिले गरिहेका आन्दोलन एवम् विरोधको कार्यक्रम पूर्णरुपमा शान्तिपूर्ण हुने जनाए ।
     
    मुख्यमन्त्री कार्कीले भने, ‘मुलुकको सद्भाव र शान्तिलाई कसैले पनि बिगार्नु हुँदैन । सहमति र वार्ताबाटै समस्या समाधान गर्नुपर्छ आफ्नो अधिकार खोज्दा अरुको अधिकार पनि हनन् गर्नु हुँदैन ।’
     
    गणतन्त्रमा रोजगार र सामाजिक सुरक्षाको सुनिश्चिता संविधानले नै गरेको धारणा व्यक्त गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने कुरामा जोड दिए ।
     
    मुख्यमन्त्री काकीले संघीय लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहिद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवम् अपाङ्गता भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology