Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

वृद्धाश्रमका संस्थापकलाई ‘सर्लाही उज्यालो अभियन्ता’ सम्मान 

वृद्धाश्रमका संस्थापकलाई ‘सर्लाही उज्यालो अभियन्ता’ सम्मान 

  • 898
    SHARES
  • वृद्धाश्रमका संस्थापकलाई ‘सर्लाही उज्यालो अभियन्ता’ सम्मान 

    सर्लाही । सर्लाहीको उज्यालो अभियान दैनिक पत्रिकाले आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा जुटपानीस्थित पद्मभुवनेश्वरी वृद्धाश्रमका संचालक बासुदेव शरण कोइरालालाई सोमबार सम्मान गरेको छ । कोइरालालाई ‘सर्लाही उज्यालो अभियन्ता’को रुपमा अभिनन्दन गरिएको हो । 

    images

    वृद्धाश्रमको प्रांगणमा आयोजित कार्यक्रममा कोइरालालाई पत्रिकाको तर्फबाट अभिनन्दन गरिएको हो । पत्रिकाले जिल्लामा जेष्ठ नागरिकलाई सेवा गर्न आफ्नो सबै सम्पत्ति वृद्धाश्रमलाई दिएर दुई दशकभन्दा अघिदेखि कोइरालाले गरेको कामको सम्मान स्वरुप अभिनन्दन गरिएको जनाएको छ । पत्रिकाका सम्पादक अच्युतम सापकोटाले जेष्ठ नागरिकको सेवामा कोइरालाले गरेको योगदान अतुलनिय रहेकाले अभिनन्दन गरिएको बताए । काेइरालाले आफ्नो घर र जमिन दान गरेर साेही ठाउँमा वृद्धाश्रम संचालन गरेका छन् । २३ वर्षअघि स्थापना भएकाे उक्त वृद्धाश्रममा अहिलेसम्म आफन्त नभएका सयाैंले आश्रय पाइसकेका छन् । 

    Padmavubaneswori-Asram.jpg
    अभिनन्दन कार्यक्रम

    पत्रिकाका तर्फबाट गरिएको अभिनन्दन पत्र सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोइरालालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्लाका संचारकर्मी, नागरिक अगुवा, कार्यालय प्रमुखहरू लगायतको उपस्थिति थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology