Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पूँजीगत खर्च गर्न बजेट कोसेढुंगा सावित : अर्थमन्त्री महत

पूँजीगत खर्च गर्न बजेट कोसेढुंगा सावित : अर्थमन्त्री महत

  • 266
    SHARES
  • पूँजीगत खर्च गर्न बजेट कोसेढुंगा सावित : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पूँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुंगा सावित हुने बताए ।

    संघीय संसद्को दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले बजेटमा प्रस्तुत भएका विषय कार्यान्वयन नियमित रूपमा अनुगमन गरिने बताए ।

    ‘पूँजीगत खर्चलाई नियमित रूपमा यसलाई अनुगमन गर्छौं, बोलेका कुरा कार्यान्वयनमा लान्छौँ । यसले पूँजीगत खर्चको प्रभावकारिता बढ्छ, सरकारी संरचनामा देखिएको ढिलापन समाप्त हुन्छ ।’

    अर्थमन्त्रीले साधारण खर्चमा अत्यन्त मितव्ययिता अपनाउने, अनावश्यक संरचना नराख्ने सुरुआत गरेको बताए । उनले भने, ‘बजेट विनियोजन गरेर मात्रै पुगेन, यसको प्रभावकारिता कसरी बढाउने भनी सूक्ष्म ढंगबाट अध्ययन विश्लेषण गरिएको छ ।’

    करका नीति पनि उद्योग क्षेत्रलाई केन्द्रविन्दुमा राखेर ल्याइएको जनाउँदै उनले कसैको पक्ष वा विपक्षमा नभएको बताए ।

    उनले भने, ‘राजस्वतर्फ जहाँ  नीतिगत चुहावट छ, कहाँ करलाई छली प्रवृत्ति कसरी आइरहेको छ, त्यसलाई मध्यनजर राखेर समग्ररुपमा निजी लगानीलाई प्रोत्साहन गर्ने, त्यसमा करका दर नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धा गर्न सहज हुने गरी करका दर मिलाइएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij