Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

निःशुल्क खाना वितरण गर्दै आएका उज्ज्वल भन्छन्- निषेधाज्ञापछि पनि सेवा गर्ने मन छ 

निःशुल्क खाना वितरण गर्दै आएका उज्ज्वल भन्छन्- निषेधाज्ञापछि पनि सेवा गर्ने मन छ 

  • 753
    SHARES
  • निःशुल्क खाना वितरण गर्दै आएका उज्ज्वल भन्छन्- निषेधाज्ञापछि पनि सेवा गर्ने मन छ 

    काठमाडौं । इन्द्रेणी मोटर तथा फुड ग्यारेजले निः शुल्क खाना वितरण गरेको आज १७ औं दिन भएको छ ।

    सञ्चालक उज्ज्वल ठकुरीकाअनुसार १ सय जनाबाट निःशुल्क खाना वितरण गर्न सुरु गरेको ग्यारेजले अहिले दैनिक २ सय ५० भन्दा बढी जनालाई खाना वितरण गरिरहेको छ ।

    सुरुमा आफ्नै खर्चमा सुरु गरिएको सेवामा अहिले केही सहयोगी हातहरु पनि जोडिएको ठकुरीले जानकारी दिए ।

    ग्यारेजले गाडीमा राखेर बालाजु, स्वयम्भू , ट्र्मा सेन्टर , छाउनीलगायत काठमाडौंका विभिन्न स्थानमा निः शुल्क खाना वितरण गर्दै आइरहेको उनले बताए ।  

    अब सामाजिक सेवामा योगदान दिन ठकुरीले ईन्द्रेणी सामाजिक संस्था दर्ता गरी विधिवत रुपमा मानव सेवा गर्ने योजना रहेको ठाकुरीको भनाइ छ । 

    खाना वितरणका लागि सहयोग पुर्याउने संघ, संस्था तथा देश-विदेशमा रहेका नेपालीप्रति आभार व्यक्त गरेका छन् । ठकुरीले निषेधाज्ञापछि पनि गरिब, असक्त, बालबालिकाहरुको लागि सेवामा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij