वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा 'हटस्पट' बनेको बाँकेमा कोरोना संक्रमण नियन्त्रणमा आइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरमा गम्भीर लक्षण देखिएका बिरामी अस्पताल भर्ना हुँदा हस्पिटलमा बेड नपाउने अवस्था थियो तर अहिले केही हदसम्म नियन्त्रणमा आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।
बाँकेमा कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासन तयारी अवस्थामा रहेको प्रवक्ता डा.पौडेलले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij