Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध उजुरी आह्वान

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध उजुरी आह्वान

  • 284
    SHARES
  • सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध उजुरी आह्वान

    काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।

    समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका कार्कीविरूद्ध उजुरी आह्वान गरेको हो ।

    समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।

    यही जेठ २६ गते कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ ।

    सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्टरूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

    समितिको मंगलबार बसेको बैठकले कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरूद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको थियो ।

    गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश पद करिब १५ महिनादेखि रिक्त छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij