Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

साफका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

साफका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

  • जेठ १७, २०८० बुधवार ११:२१ बजे
  • 187
    SHARES
  • साफका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

    काठमाडौं । भारतमा हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

    images

    १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । 

    असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुने प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउने छन् ।

    च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् ।  समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

    साफको उद्घाटन खेलमा नेपाल र आमन्त्रित टोली कुवेतबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि नेपालले असार ९ गते आयोजक भारत र असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो भने भारत विजेता मुलुक हो ।

    नेपालको प्रारम्भिक टोली

    गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

    डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

    मिडफिल्डर: पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

    फरवार्ड: आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन रहेका छन् । 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology