Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

जहाँ एकै पटक १ लाख ७० हजार शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्यो 

जहाँ एकै पटक १ लाख ७० हजार शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्यो 

  • 1.3K
    SHARES
  • जहाँ एकै पटक १ लाख ७० हजार शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्यो 

    नयाँ दिल्ली । भारतको बिहार राज्यमा झण्डै पौने दुई लाख शिक्षकको पदपूर्ति गर्न लागेको छ । बिहार पव्लिक सर्भिस कमिसन (विपिएससी) ले १ लाख ७० हजार ४६१ जना शिक्षक पदपूर्तिका लागि सूचना जारी गरेको छ ।

    images

    सरकारी रोजगारीका लागि ठूलो संख्यामा पदपूर्तिको लागि दरखास्त आव्हान भएपछि बिहारमा खुसीयाली छाएको छ । शिक्षित युवाका लागि यो ठूलो अवसर मानिएको छ । विहारका उपमुख्यमन्त्री तेजस्वी यादवले ट्वीट गर्दै उक्त संख्यामा शिक्षक पदपूर्ति गर्न लागेको जानकारी दिएका छन् ।

    योग्यता पुगेका उम्मेदवारलाई शिक्षक पदका लागि अनलाइन आवेदन गर्न विपिएससीले आव्हान गरेको छ । यो विज्ञापनका लागि विपिएससीले बिहार राज्यका स्थायी बासिन्दालाई दरखास्त दिन आव्हान गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology