Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नागरिकता विधेयकप्रति एमालेको आलोचना

नागरिकता विधेयकप्रति एमालेको आलोचना

  • 139
    SHARES
  • नागरिकता विधेयकप्रति एमालेको आलोचना

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लंघन गरी जारी गरिएको भनी आलोचना गरेको छ ।

    images

    एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिए ।

    उनले भने,‘कानुन आवश्यकता थियो, निष्कर्षमा पुर्याउन ढिलाई भएकै हो, जारी गर्ने विधि र प्रक्रिया भने मिलेन ।’

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रमाणीकरण गरेका हुन् ।

    ‘राष्ट्रपति कार्यालयमा निष्क्रियरुपमा थन्किएको विधेयक मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ सक्रिय हुन्छ ?’ प्रश्न गर्दै उपनेता नेम्वाङले भने,‘विधेयकमा समेटिएर आएका कतिपय विषयप्रति पार्टी गम्भीर छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology