Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अग्निपीडित भन्छन् : पानी पर्दा ओत लाग्ने छानाे छैन, राम्ररी निदाउन पाइएको छैन 

अग्निपीडित भन्छन् : पानी पर्दा ओत लाग्ने छानाे छैन, राम्ररी निदाउन पाइएको छैन 

  • 234
    SHARES
  • अग्निपीडित भन्छन् : पानी पर्दा ओत लाग्ने छानाे छैन, राम्ररी निदाउन पाइएको छैन 

    बाँके । बाँकेको नरैनापुर गाउँपालिका-५ जमुनाह गाउँका अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन ।

    रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको नरैनापुर गाउँपालिका-५ जमुनाहकी अग्निपीडित केतीका यादवले बताइन् ।

    ‘खुला आकाशमुनि निन्द्रा राम्रोसँग लाग्दैन, कतिबेला हावाहुरी र पानी आउने डर हुन्छ’, यालवले भनिन्, ‘दिउँसोमा गर्मी हुँदा र पानी पर्दा ओत लाग्ने छाना छैन, राम्ररी निदाउन पाइएको छैन ।’

    स्थानीय सरकार, विभिन्न संघ संस्था र राजनीतिक दलले खाद्यान्नलगायतका राहत सामग्री वितरण गर्दै आए पनि अग्नि पीडितले घर बनाउन सहयोगको अपेक्षा गर्ने गरेका छन ।

    ‘अग्निले घरसँगै धनमाल, लत्ता कपडा र वर्षभरि खाने धान चामल जलेर नष्ट भयो, लगाउने कपडा र बस्ने बास नहुँदा बालबालिका, महिला र वृद्धवृद्धालाई धेरै समस्या भएको छ’, स्थानीय केशवराम यादवले भने, ‘खानेकुरा त जसोतसो व्यवस्था गरौँला, घरको छाना हाल्ने जस्ता चाहिएको छ ।’

    स्थानीय लालमोहन यादवले बस्ने घर नहुँदा गर्मीयाममा धेरै समस्या हुने गरेको बताए । अग्निबाट पीडित कतिपयको आश्रयस्थल भए पनि अधिकांशले जलेको घरमै खाट लगाएर रात गुजार्ने गरेका छन ।

    गर्मीयाममा खुला आकाशमुनि सुत्नुपर्दा लामखुट्टे र सर्पदंशको डर हुने गरेको लालमोहनले जानकारी दिए । गत आइतबार जेठ १४ गते नरैनापुर-५ जमुनाह गाउँमा ११ घर नष्ट हुनेगरी अग्नि भएको थियो । गर्मीयामको सुरुआतसँगै नरैनापुर क्षेत्रमा अग्निका घटना बढेका छन।

    यो वर्षमात्रै नरैनापुरको वडा नं ३ गेगलीगाउँमा पाँच घर, जनतापुरमा तीन घर, वडा नं ४ को जयरामपुरमा दुई घर गरी १० घरसहित २१ घरमा अग्नि भएको नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिए ।

    उनका अनुसार, गाउँपालिकामा अग्निका घटना यस वर्ष ठूलो प्रकोपका रूपमा भइरहेका छन । अग्निपीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न संघ संस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ ।

    नरैनापुरका अधिकांश बस्तीमा एकापसमा जोडिएर खरको छानाबाट बनेका घरमा अग्निको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ । अग्निको प्रकोप न्यूनीकरण गर्न खरका छाना हटाउने अभियान सञ्चालन गरिने बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए ।

    ‘अहिले तत्काल अग्नि पीडितलाई खाद्यान्न र लत्ताकपडासहितको अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ’, ढकालले भने, ‘गाउँपालिका, प्रदेश सरकारसँग समन्वय गरेर नरैनापुरलाई खरको छानामुक्त बनाएर अग्निको समस्या समाधान गरिने छ ।’

    उनले गत आइतबार अग्नि भएको नरैनापुर वडा नं ५ जमुनाहका ११ घर, यसअघि अग्नि भएका अन्य वडाका घरपरिवारलाई तत्कालका लागि चामल, तेललगायतका खाद्यान्न र लत्ताकपडा वितरण गरिएको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij