वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना भाइरसविरुद्धको (भेरोसेल) खोप अभियान आजदेखि पुनः सञ्चालन भएको छ । महानगरले १ असारसम्म खोप अभियान जारी सञ्चालन हुने जनाएको छ ।
दुई दिन सञ्चालन हुने खोप कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने छ । महानगरकाअनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
यसअघि महानगरपालिकाले निर्धारित तालिकाभन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो । यसअघि ६४, ६३ र ६२ वर्ष उमेरका नागरिकले खोप लगाएका थिए ।
खोप कार्यक्रम बिहान १० देखि ४ बजेसम्म जारी रहने छ। खोप लिनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij