Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

नेतृत्वका कारण पार्टीमा समस्या : गगन थापा

नेतृत्वका कारण पार्टीमा समस्या : गगन थापा

  • 127
    SHARES
  • नेतृत्वका कारण पार्टीमा समस्या : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीमा समस्या बढेको आरोप लगाएका छन् ।

    images

    काठमाडौंमा आयोजित प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनमा उनले सभापति देउवाले आफ्नो मर्जीले बैठक बोलाउने गरेको आरोप लगाए ।

    सभापति देउवलो विभाग गठन गर्न पनि चासो नदिएको उनको आरोप छ ।

    उनले भने,‘नेपाली कांग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन, गर्नुभएको छैन । कलमभित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौं ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology