Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

खोप सबैलाई लगाउँछौं, धैर्य गरौंः स्वास्थ्य मन्त्रालय

खोप सबैलाई लगाउँछौं, धैर्य गरौंः स्वास्थ्य मन्त्रालय

  • 532
    SHARES
  • खोप सबैलाई लगाउँछौं, धैर्य गरौंः स्वास्थ्य मन्त्रालय

    काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका व्यक्तिलाई दोस्रो डोजका लागि धैर्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    images

    स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलकशर्मा गौतमले खोप पहिलो डोज लगाएका मानिसको शरीरमा ६ महिनासम्म एन्टिबडी रहने विभिन्न अनुसन्धानमा देखिएकोले आत्तिहाल्ने अवस्था नरहेको दाबी गरे । 

    पहिलो डोज लगाएका व्यक्तिमा ६ महिनासम्म काम गर्ने र संक्रमण भइहालेको खण्डमा पनि जटिलता नहुने उनको भनाइ छ ।

    ‘अहिले हामीसँग कोभिसिल्ड खोप छैन । उनले भने, ‘६ महिनासम्म पनि अध्ययनले एन्टिबडी रहने देखाएको छ । १२ हप्ता कट्यो भनेर कोही नआत्तियौं ।’ डा.गौतमले हालसम्म ४२ लाख ४८ हजार खोप नेपाललाई प्राप्त भएको जानकारी दिए ।

    मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २४ लाखले पहिलो डोज लगाएका छन् । जसमध्ये करिब ७ लाखले दोस्रो डोज पनि लगाइसकेका छन् ।

    त्यसैगरी, तीन लाखको हारामारीमा ६० देखि ६४ वर्ष उमेर समूहले पहिलो डोज प्राप्त गरेको मन्त्रालयले जनाएको छ । नेपालमा ६५ वर्षभन्दा माथिका करिब १३ लाख नागरिकले खोपको दोस्रो मात्रा प्राप्त लागि पर्खिरहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology