काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले नागरिकता विधेयक प्रमाणीकरण संविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको उक्त बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको निष्कर्ष निकालेको हो ।
तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको भन्दै एमालेले नयाँ संसद आइसकेको अवस्थामा यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको जनाएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology