Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

  • 124
    SHARES
  • एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

    काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।

    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।

    मन्त्री लिम्बूले सचिवालय स्थापनापछि तयारीले थप तीव्रता पाउने बताउँदै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धिमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

    त्यस्तै राखेपका सदस्य-सचिव टंकलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद् पक्ष भएको बताए ।

    सदस्य-सचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औँ एसियाली खेलकुद सचिवालय गठन भएको छ ।

    राखेपका दुई सदस्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव एक, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य हुनुपर्छ ।

    तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology