Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

  • 173
    SHARES
  • जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका-५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

    मृत्युक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

    प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर यहाँको तातोपानी गाउँपालिका-६ चिमलडाँडाबाट ढुंगा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

    ट्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ । दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology