Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

महिला कैदीबन्दीले तानमा कपडा बुनेर आयआर्जन गर्दै

महिला कैदीबन्दीले तानमा कपडा बुनेर आयआर्जन गर्दै

  • 231
    SHARES
  • महिला कैदीबन्दीले  तानमा कपडा बुनेर आयआर्जन गर्दै

    तनहुँ । तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन ।

    सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरूकै सिको गरिरहेका छन ।

    कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी चौकीदार मनमाया विकले बताइन् । पोखरा कारागारमा रहेका महिला कैदीबन्दीलाई तनहुँ कारागारमा स्थानान्तरण गरिएपछि त्यहाँ सिकेको सीपलाई यहाँ निरन्तरता दिएको विकले जानकारी दिइन् ।

    ‘कारागारमा रहेका अन्य महिला कैदीबन्दी पनि सीप सिक्न थालेका छन्’, चौकीदार विकले भनिन् । उनीहरूले मासिक तीन हजारदेखि चार हजारसम्म आम्दानी गर्न थालेका छन।

    कैदीबन्दीले कारागारमा कमाएको रकमबाट आफ्नो खर्च चलाएर बाँकी घरमा पठाउने गरेका छन । एउटा झोलाका लागि आवश्यक कपडा बुन्दा महिला कैदीबन्दीले चार सय ज्याला पाउने गरेका छन ।

    कैदीबन्दीले झोलाका लागि बुनेर तयार पारेको कपडा कारागारले नै बिक्रीको व्यवस्था मिलाएको तनहुँ कारागारका प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    ‘यत्तिकै खाली हात बस्नुभन्दा केही उद्यम गरेर आयआर्जन गर्न थालेपछि कैदीबन्दी उत्साहित छन्’, प्रशासक अधिकारीले भने, ‘कारागारबाट घर फर्किएपछि आफैँले व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्न सहयोग पुग्छ ।’

    भवन डिभिजन कार्यालय कास्कीको पाँच लाख सहयोगमा महिला कैदीबन्दीका लागि तान बुन्न पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री दोबाटे विश्वकर्माले समेत कारागारमा विभिन्न पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन गर्न सहयोग गरेका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij