Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै स्थानीय तह

नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै स्थानीय तह

  • 236
    SHARES
  • नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै स्थानीय तह

    बैतडी । बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन । यसका लागि यहाँका स्थानीय तहले सुझाव संकलनलाई तीव्र बनाइरहेका हुन ।

    आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, संघ संस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए ।

    आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको हो ।

    सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ ।

    दोगडाकेदार गाउँपालिकाले पनि एक सूचना जारी गर्दै सुझाव पेस गर्न आग्रह गरेको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेका छन ।

    राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा  कार्यक्रम ल्याइने स्थानीय तहले जनाएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij