Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

नेपाली बजारमा रियलमीको सस्तो गेमिङ फोन ‘नार्जो एन५५’ सार्वजनिक

नेपाली बजारमा रियलमीको सस्तो गेमिङ फोन ‘नार्जो एन५५’ सार्वजनिक

  • 327
    SHARES
  • नेपाली बजारमा रियलमीको सस्तो गेमिङ फोन ‘नार्जो एन५५’ सार्वजनिक

    काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ‘नार्जो एन’ सिरिज सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले याे सिरिज अन्तर्गत 'नार्जो एन५५' गेमिङ फाेन सार्वजनिक गरेकाे हाे ।

    images

    याे माेडेलमा आईफोन १४ प्रोमा उपलब्ध भएको डाइनामिक आईल्यान्ड जस्तो मिनी क्याप्सुल फिचर दिइएकाे छ । ९० हर्ज रिफ्रेशरेट भएको फोनमा ६.७२ इन्च आईपीएस एलसीडी उपलब्ध गराइएको छ ।

    एन्ड्रोइड १३ र रियलमी यूआई ४.० मा आधारित यो मोडेल मिडियाटेक हेलियो जी८८ (१२ एनएम) प्रोसेसरद्वारा सञ्चालित छ ।

    डुअल क्यामेरा रहेको फाेनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । ​सेल्फी खिच्न रुचाउनेहरूका लागि यसमा ८ मेगापिक्सेलको क्यामेरा छ ।

    फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, प्रोक्सिमिटी तथा कम्पास जस्ता सेन्सर उपलब्ध भएको फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ ।

    डिभाइसमा उपलब्ध गराइएको ३३ वाट सुपरभोक टाइप-सी चार्जरले फोनलाई २९ मिनेटमा ५० प्रतिशत र ६३ मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । 

    ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य २० हजार ४९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी र्‍याम भेरियन्टको मूल्य २४ हजार ४९९ रुपैयाँ राखिएको छ । यसमा १२ जीबीसम्मको भर्चुअल र्‍याम थप्न सकिने बताइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology