Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

  • 177
    SHARES
  • त्रिशूलीमा टिपर खस्दा चालक घाइते

    चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

    मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टिपर नदीबाट निकाल्न सकिएको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij