वेबटिभी खबर
सर्लाही/बरथवा । प्रहरीले भन्सार छली गरी ल्याएको २१ बोरा चिनीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नम्बर प्लेटको टाटासुमो चालक कविलासी नगरपालिका वडा नं. ७ गैरका ४४ वर्षीय राम सुदिल राय र उक्त गाडीमा सवार सोही ठाउँ निवासी २६ वर्षीय सुनिल यादव रहेको प्रहरीले जनाएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यलय, बरहथवाबाट प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रको कमाण्डमा खटिएको टोलीले BR०६PA ७८७१ नम्बरको टाटा सुमो गोल्ड चेक जाँच गर्दा अवैध चिनीको बोरा फेला परेको थियो ।
पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय,सर्लाही पठाइएको इलाका प्रहरी कार्यलय, बहरथवाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij