Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सर्लाहीका विद्यालयमा गर्मी बिदा पाँच दिन थप

सर्लाहीका विद्यालयमा गर्मी बिदा पाँच दिन थप

  • 361
    SHARES
  • सर्लाहीका विद्यालयमा गर्मी बिदा पाँच दिन थप

    सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ ।

    गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय थप पाँच दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक राजेशकुमार यादवले जानकारी दिए ।

    उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको हो ।

    गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २४ देखि ३० गतेसम्म बिदा दिइएको उनको भनाइ छ ।

    यसअघि जेठ २१ गतेदेखि २४ गतेसम्म बिदा दिइएको थियो । 

    sarlahi.jpg

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij