Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बाढी आउन सक्छ, खोलाछेउ बस्नेहरू सतर्क रहनूस्ः मुख्यमन्त्री पोखरेल

बाढी आउन सक्छ, खोलाछेउ बस्नेहरू सतर्क रहनूस्ः मुख्यमन्त्री पोखरेल

  • 589
    SHARES
  • बाढी आउन सक्छ, खोलाछेउ बस्नेहरू सतर्क रहनूस्ः मुख्यमन्त्री पोखरेल

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खोला छेउछाउ बसोबास गर्दै आएका जनतालाई बाढीबाट हुनसक्ने जोखिमबाट बच्न सचेत गराएका छन् । पोखरेलले फेसबुक पेजमार्फत प्रदेशवासीलाई यस्तो आग्रह गरेका हुन् । 
      
    ‘लगातार पानी परिरहेछ, नदी तथा खोला किनारमा बस्नेहरू सतर्क रहनुहोला,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।लुम्बिनी प्रदेशमा राप्ती, तिनाउ, बबईमा हाल पानीको बाहव उच्च रहेकाले सचेत रहन गृह मन्त्रालयले समेत सचेत गराएको छ ।

    images

    १५ जुनदेखि १५ सेप्टेम्बरसम्म नेपालमा मनसुन सक्रिय हुँदै आएकोमा यसपटक प्रि-मनसुन र मनसुन केही चाँडै सक्रिय भएकाले जेठको मध्यदेखि नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भारी वर्षा जारी छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology