Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

म्याग्दीमा ‘दीर्घरोगीका घर-घरमा अध्यक्ष’ कार्यक्रम

म्याग्दीमा ‘दीर्घरोगीका घर-घरमा अध्यक्ष’ कार्यक्रम

  • 228
    SHARES
  • म्याग्दीमा ‘दीर्घरोगीका घर-घरमा अध्यक्ष’ कार्यक्रम

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घर-घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

    भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि-१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरेका हुन् ।

    सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै पुगेर औषधोपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

    कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण संकलन गरिएको छ ।

    नियमित औषधि सेवन गर्ने विवरण संकलन गरेर सातवटै वडामा घरभेट गर्ने कार्यक्रमअनुसार वडा नं १ गुर्जामा दीर्घरोगीसँग भेटघाट गरिएको उनले बताए ।

    गुर्जामा छजना दीर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताए । सबै वडामा दीर्घरोगीले सेवन गर्ने औषधिको विवरण संकलन गरेर औषधि उपलब्ध गराउने योजना गाउँपालिकाको छ ।

    सो कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाले चालु आवमा २० लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij