वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ ।
उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा.निरज बमले जानकारी दिए । ‘राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ’, निजी चिकित्सक डा.बमले भने ।
यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij