Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सुत्केरी आमा र शिशुको मृत्यु

सुत्केरी आमा र शिशुको मृत्यु

  • 265
    SHARES
  • सुत्केरी आमा र शिशुको मृत्यु

    तनहुँ । व्यास नगरपालिका-१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुवैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।

    जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनु परेको मृतकका आफन्तजनले बताएका छन ।

    छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले जानकारी दिए । 

    ‘भोलि पोष्टमार्टमको रिर्पोट आउँछ, त्यसपछि उपचारमा सङ्लग्न चिकित्सक दोषी ठहरिए कानुनी कारबाही अघि बढ्छ ।’ उनले भने ।  मृतकका आफन्तले अझै शब बुझ्न मानेका छैनन् ।

    घट्ना पश्चात पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुबैलाई बचाउन हरपल प्रयत्न गरेपनि बचाउन नसकेको बताएको हजुरबुबा चिजबहादुरले जानकारी दिए ।

    छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुवै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ उदृत गर्दै उनले भने ।

    ‘चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती कही पनि नगरेको भन्दै स्वीकार गरे पनि आमा र शिशु दुवैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौँ ।’ हजुरबुबा चीजबहादुरले भने, ‘छानबिनको लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij