Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जीप दुर्घटनामा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते

जीप दुर्घटनामा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते

  • 196
    SHARES
  • जीप दुर्घटनामा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते

    दाङ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिकाको ओततर्फ जाँदै गरेको रा१ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ ।

    साथै सो दुर्घटनामा परेर छ जना यात्रु गम्भीर घाइते भएका छन । मृत्यु हुने चालकमा गंगादेव-१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जीपमा १० यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

    उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनामध्ये चारलाई बाँकेको कोहलपुर अस्पतालमा लगिएको छ । अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    आज बिहान ११ः३० बजेतिर सो जीप सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै उद्धारका लागि प्रहरी र स्थानीय पुगेका थिए । गाडी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij