Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

  • 299
    SHARES
  • नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमु्ख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

    संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न संघीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो ।

    समितिले आज उनको कार्ययोजना र उनीहरूविरूद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij