वेबटिभी खबर
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलको पुनः अस्पताल भर्ना भएका छन् ।
पौडेललाई मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको हो ।
गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij