Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाढी पहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री दाहाल तुम्लिङ्टारमा

बाढी पहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री दाहाल तुम्लिङ्टारमा

  • 258
    SHARES
  • बाढी पहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री दाहाल तुम्लिङ्टारमा

    संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी पहिरो प्रभावित क्षेत्रको जानकारी लिन संखुवासभाको तुम्लिङ्टार पुगेका छन ।

    अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी संखुवासभामा एक जनाको मृत्यु तथा १८ जना बेपत्ता भएका छन । प्रधानामन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन ।

    प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना, सहानुभूतिका साथै उद्धार र राहत तथा बेपत्ताको खोजीकार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयंसेवी संघ संस्थालाई अपिल गरे ।

    उनले तत्काल सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारबिहीनलाई तत्काल स्थानान्तरण र भोलिका लागि आवासको व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए ।

    प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की छन ।

    यस्तै, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत छन । प्रधानमन्त्री दाहालले आजै बाढी पहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij