Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

‘सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ’

‘सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ’

  • 235
    SHARES
  • ‘सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ’

    काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारीरूपमा दिनुपर्ने बताएका छन् ।

    निजामती कर्मचारी अस्पतालले मंगलबारदेखि सुरु गरेको नर्सिङ क्याम्पसको उद्घाटन कार्यक्रममा उनले सरकारी अस्पतालले प्रभावकारीरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसके सरकारी अस्पतालको प्रभावकारिता बढ्ने बताए ।

    मुख्यसचिव डा.अर्यालले निजामती अस्पताललाई अनलाइन प्रणालीमा अझ प्रभावकारी बनाउँदै लगेर अस्पतालमा हुने भीडलाई कम गर्नुपर्ने धारणा व्यक्त गरे ।

    अस्पतालमा क्रिटिकल केयरमा नर्सिङ जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै उनले अस्पतालबाट उत्पादन भएको स्वास्थ्य जनशक्तिलाई अस्पतालमा नै  राख्नुपर्ने बताए ।

    अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधि पौडेलले अस्पतालले स्वास्थ्य सेवालाई सुदृढ बनाउँदै लगेको बताए ।

    उनले अस्पतालमा बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्ने स्थान थोरै भएकोले समस्या भएको बताए ।

    हाल अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामी आउने गरेको जानकारी दिँदै उनले ओपिडी सेवा व्यवस्थापन हुँदा यसलाई बढाएर एक हजार पाँचसयसम्म पुर्याउन सकिने बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij