वेबटिभी खबर
काठमाडौं । मंगलबार रातिदेखि मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका २ व्यक्तिलाई नेपाली सेनाले हेलिकप्टरको सहायतामार्फत उद्धार गरेको छ ।
मेलम्ची बजारमा रहेको रोज होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । रोज होटलमा राति खाना खाने क्रममा उनीहरू होटलभित्रै फसेका थिए ।
बाढीले होटल भएको घरको तल्लो तल्लाहरू डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरूलाई सेनाले बुधबार बिहान उद्धार गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij