Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

सरकारले विद्यालय कर्मचारी,इसीडी शिक्षक,शिक्षकसँग गरेका सहमति कागजमा नसुकून : पूर्वशिक्षामन्त्री पौडेल

सरकारले विद्यालय कर्मचारी,इसीडी शिक्षक,शिक्षकसँग गरेका सहमति कागजमा नसुकून : पूर्वशिक्षामन्त्री पौडेल

  • 6.5K
    SHARES
  • सरकारले विद्यालय कर्मचारी,इसीडी शिक्षक,शिक्षकसँग गरेका सहमति कागजमा नसुकून : पूर्वशिक्षामन्त्री पौडेल

    काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास शिक्षक र विद्यालय कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले इसीडी शिक्षक र विद्यालय कर्मचारीका माग उठाएका हुन् ।

    ‘विद्यालय कर्मचारीका विषयमा सदनमा लगातार विषय उठेको छ । गत साल पनि उठेको थियो । त्योभन्दा पहिलो २०७८ फागुन ९ गते शिक्षक महासंघसँग ५१ बुँदे सहमति भएको थियो । २०७५ सालमा पनि शिक्षक महासंघसँग शिक्षक–कर्मचारीका समस्या समाधान गर्न सरकारका तर्फबाट प्रतिबद्धता गरिएको थियो । आजसम्म त्यस प्रकारका समस्या हल नहुनु र विद्यालयका विषयमा, शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठ्दै गर्दा शिक्षकका समस्या हल नहुनु भनेको गम्भीर कुरा हो,’ पौडेलले भने,‘राज्यसँग भएका सहमतिहरु त्यत्तिकै कागजमा नसुकून । शिक्षक, विद्यालय कर्मचारीका समस्याहरु सुधार गरेर, इसीडी शिक्षकका कुराहरु सुधार गरेर सार्वजनिक विद्यालयहरु सुधार गर्नका निम्ति सरकार र सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology