Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

नविल बैंक चार दिन बन्द हुने 

नविल बैंक चार दिन बन्द हुने 

  • 2.0K
    SHARES
  • नविल बैंक चार दिन बन्द हुने 

    काठमाडौं । नविल बैंकको सम्पूर्ण कारोबार चार दिनलाई बन्द हुने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कोर बैंकिंक सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने बैंकले जनाएको छ । 

    बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिंक, मोबाइल बैंकिंग, एटीएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा एवम् सम्पूर्ण बैंकिंग कारोबारहरू पूर्ण रूपमा बन्द रहने सूचनामार्फत जानकारी दिइएको छ । 

    बैंकिंग कारोबारहरू बन्द रहने समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न पनि बैंकले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology