Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट 

उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट 

  • 777
    SHARES
  • उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट 

    काठमाडौं । उत्तर कोरियाको सरकारी मिडियाअनुसार किम जोङ उनले यस वर्ष मुलुकको अर्थतन्त्रमा सुधार आए पनि खाद्य वस्तु बारे चिन्ताजनक स्थिति उत्पन्न भएको बताएका छन् ।

    उत्तर कोरियाका शासक किमले गत वर्ष कोरोना महामारी र चक्रवाती आँधीका कारण यस्तो स्थिति सिर्जना भएको भन्दै खाद्यान्न संकटलाई प्राथमिकतामा राखेर काम गर्नेमा जोड दिएका छन् ।

    मंगलबार किमले सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकको अध्यक्षता गरेका थिए । आधिकारिक समाचार एजेन्सी केसिएनएका अनुसार यस बैठकमा आर्थिक समस्या समाधान गर्नका लागि तयार पारिएको नीतिहरुको पुनरावलोकन गरियो । यस अवधिमा खाद्यान्न र धातुको उत्पादन वृद्धि गर्नका लागि पञ्चवर्षीय आर्थिक योजनाको लक्ष्य राखिएको छ ।

    किमले यस वर्षको सुरूवाती छ महिनामा अर्थतन्त्र सुधार भएको र गत वर्षको तुलनामा कुल औद्योगिक उत्पादन २५ प्रतिशतले बढेको बैठकमा बताएका थिए । तर कतिपय अवरोधका कारण पार्टीले धेरै योजनाहरू कार्यान्वयन गर्न नसकेको पनि किमको भनाई थियो ।

    केएनसीएका अनुसार किमले गत वर्ष आएको चक्रवाती आँधीबेहरीबाट भएको क्षतिका कारण कृषि क्षेत्रले योजनाअनुरुप काम गर्न नसकेकाले खाद्यान्न अवस्था गम्भीर बनेको बताए । यस बैठकमा कृषि क्षेत्रमा ध्यान केन्द्रित गर्ने र कोरोना महामारी नियन्त्रण गर्ने संकल्प दोहोरिएको थियो र किमले भने, 'गत वर्ष प्राकृतिक प्रकोपबाट पाठ लिई यस वर्ष त्यसको घाटा परिपूर्ति गर्नुपर्छ ।' 

    जनवरीमा किमले बिजुली र खाद्यान्नको अभाव, व्यवस्थापन, महामारी र बाढीका कारण पछिल्लो पाँच वर्षको आर्थिक योजना लगभग सबै क्षेत्रमा असफल भएको भनेका थिए । यी सबैका बावजुद पनि उत्तर कोरियाले कोरोना भाइरसबाट कोही पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । उत्तर कोरियाले त्यहाँ कडा नियमहरु लगाएको छ । अन्तर्राष्ट्रिय सीमा मात्र होइन, देश भित्र पनि यात्रामा धेरै प्रतिबन्ध लगाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij