Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सिन्धुलीमा बाढी पहिरोबाट ३१ घरमा क्षति

सिन्धुलीमा बाढी पहिरोबाट ३१ घरमा क्षति

  • 349
    SHARES
  • सिन्धुलीमा बाढी पहिरोबाट ३१ घरमा क्षति

    सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढी पहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।

    आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढी पहिरोबाट पशुचौपाया र कुखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए ।

    लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच वटा सुँगुर र ६० वटा कुखुरा मरेका छन ।

    ‘बाढी पहिरोले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ’, वडाध्यक्ष कार्कीले भने, ‘रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन् ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij