Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अन्तरिक्षमा जान लागेका अर्बपति जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिन हजारौं मानिसको माग 

अन्तरिक्षमा जान लागेका अर्बपति जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिन हजारौं मानिसको माग 

  • 1.1K
    SHARES
  • अन्तरिक्षमा जान लागेका अर्बपति जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिन हजारौं मानिसको माग 

    काठमाडाैं । विश्वभरका ८ हजार मानिसहरुले एक निवेदन दर्ता गर्दै अर्बपति जेफ बेजोसलाई पृथ्वीमा आउन नदिन माग गरेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति बेजोस २० जुलाईमा आफ्नो ब्लू ओरिजिन कम्पनीको रकेटमार्फत अन्तरिक्षमा जाँदै छन् ।

    जेफ बेजोससँगै उनका भाइ मार्क बेजोस र अर्का एक पर्यटक पनि जानेछन् । निवेदन दिने ती व्यक्तिहरुले बेजोसले एलन मस्कलाई पनि लैजानु पर्ने यदि त्यसो नभएमा अन्तरिक्षमा नै बस्नुपर्ने माग गरेका हुन् ।

    चेन्ज डट ओआरजी वेबसाइटमार्फत् छ दिनअघि सुरु भएको यस मागमा अहिलेसम्म ८ हजार व्यक्तिले हस्ताक्षर गरिसकेका छन् । यसमा ती व्यक्तिहरुले मानिसको भविष्य हाम्रै हातमा रहेको पनि बताएका छन् । एक व्यक्तिले बेजोस विश्वमा आफ्नो आधिपत्य स्थापित गर्न खोज्ने एक दानवी स्वभावको मानिस भएको लेखेका छन् ।

    जोस ओर्टिज नामका एक व्यक्तिले उक्त वेबसाइटमा विश्वलाई मुक्ति दिलाउन बेजोसलाई पृथ्वीमा आउन रोक लगाउन ब्लू ओरिजिनसँग माग गरेका छन् । 

    केही समयदेखि विश्वका दुई शीर्ष अर्बपति अमेजनका संस्थापक बेजोस र स्पेसएक्सका सिइओ एलन मस्कबीच अन्तरिक्षका विषयमा द्वन्द्व छ । अन्तरिक्षमा एलन मस्कको बढ्दो प्रभावका बीच बेजोसले आफ्नो एयरोस्पेस कम्पनी ब्लु ओरिजिनमा केन्द्रित हुने बताएका थिए । यति मात्र होइन, ब्लू ओरिजिनलाई थप सशक्त बनाउन बेजोसले अमेजनको सिइओ पदबाट पनि राजिनामा दिएका छन् । 

    जेफ बेजोसले यात्रुसहित अन्तरिक्ष यान प्रक्षेपण गर्ने  जेफ बेजोसले यात्रुसहित अन्तरिक्ष यान प्रक्षेपण गर्ने  मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध  मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij