Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपाको विधान अधिवेशन सुरु

जसपाको विधान अधिवेशन सुरु

  • 201
    SHARES
  • जसपाको विधान अधिवेशन सुरु

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका छन । अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ ।

    पार्टीको शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।

    यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन ।

    सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij