काठमाडौं । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र सरकारबीच आज वार्ता हुँदैछ ।
सरकारले आज ४:३० बजे वार्तामा बोलाएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
यसअघि परिषद् र सरकारबीचकाे वार्तामा सामान्य छलफल भएको थियो ।
विद्यालय कर्मचारीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
उनीहरूबाट माग पूरा गर्ने प्रतिबद्धता पाएको परिषद्ले जनाएको छ । यथाशीघ्र माग पूरा गर्नबाट सरकार हच्किए आफूहरूले नछोड्ने अध्यक्ष तिवारीको भनाइ छ ।
तलब, सेवासुविधा, दरबन्दी, पेसागत स्थायित्वको माग गर्दै विद्यालय कर्मचारी यतिखेर माइतीघर मण्डलामा रिले अनशनमा छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology